National life

एउटै प्रकृतिको एक भन्दा बढी खाता बन्द गर्न प्रभु बैंकको सुचना

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ जेठ २०८०, शुक्रबार
854Shares
एउटै प्रकृतिको एक भन्दा बढी खाता बन्द गर्न प्रभु बैंकको सुचना
ncell

काठमाडौं । प्रभु बैंकले एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने सुचना जारी गरेको छ । एउटै प्रकृतिको एक भन्दा बढी डेबिट/क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई यस्तो सुचना जारी गरिएको हो ।

बैंकका अनुसार स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता वा कार्ड लिएका ग्राहकले असार मसान्त भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा कार्ड तथा खाता बन्द गनुपर्ने छ । सो समय पश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै १० बर्ष देखि शुन्य मौज्दात रही कारोवार नभएका खाताहरु समेत आफैले बन्द गर्न सक्ने भएको हुंदा त्यस्तो खाता रहेका ग्राहकले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको बिवरण अद्यावधिक गरी खाता सञ्चालन गर्ने सक्ने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशनमा २०७९ को इ.प्रा.निर्देशन नं. (२१।०७९) बुँदा नं ४४ बमोजिम बैक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रा. बैंकले तोके बाहेक) खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?