काठमाडौँ। चालु आवको पहिलो महिनामा नेपालमा करिब १५ अर्ब बढीको आयात भएको छ। भन्सार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा २०८२/८३ मा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख २८ हजार भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउनमा मात्रै आयात १ खर्ब ४३ अर्ब ०४ करोड ०६ लाख ६९ हजारको भएको छ। भने सोही अवधिमा निर्यात २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार बराबरको भएको छ।
त्यस्तै, व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख २८ हजार घाटा हुँदा कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड ३१लाख ०९ हजार बराबरको भएको विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी २०८१/८२ मा पहिलो महिनामा आयात १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार, निर्यात १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार , व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड ०९ लाख ७४ हजार भएको विभागले जनाएको छ ।
यता, साउन महिनामा सबैभन्दा धेरै कच्चा भटमासको तेल १० अर्ब ८० करोड ९५ लाख ७० हजार रुपैयाँको आयात भएको छ। जसबाट २५ करोड ३० लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको भने दोस्रो नम्बरमा धेरै आयात हुनेमा डिजेल रहेको छ । साउनमा ५ अर्ब ८८ करोड ७७ लाख ५९ हजार रुपैयाँको डिजेल आयात भएको विभागले जनाएको छ ।


































