National life

एघार महिनामा एक खर्ब ५८ अर्ब ६० करोड बढी राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असार २०८२, सोमबार
660Shares
एघार महिनामा एक खर्ब ५८ अर्ब ६० करोड बढी राजस्व संकलन
ncell

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको हो।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रथ रहेको जानकारी दिए। ‘विगत एघार महिनाको तथ्याङ्क केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ’,’ उनले भने, ‘राजस्व सङ्कलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो। त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो।

यस्तै फागुनमा १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ। वैशाखमा भने १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ। जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ। चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको हो।

भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?