काठमाडौं । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासकाे वित्तिय विवरण सार्वजनिक गरेकाे छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआइसी एशिया बैंकको नाफा घटेको छ ।
गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियाे । बैंकको यो अवधिमा ४२.४९ प्रतिशतले घटेर १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७. ५५ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ६६ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंककाे १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकको जगेडा कोषमा १६ अर्ब २१ करोड ९ लाख ६७ हजार रुपैयाँ रहेको छ । ३ खर्ब ६३ अर्ब ६४ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैकले २ खर्ब ९४ अर्ब ९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ०.५९ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २६.५८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०२.०५ रुपैयाँ रहेको छ ।


































