National life

एनएमबि क्यापिटलले डाक्यो साधारण सभा,१७ % नगद लाभांश पारित गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२६ कात्तिक २०८२, बुधबार
1.2kShares
एनएमबि क्यापिटलले डाक्यो साधारण सभा,१७ % नगद लाभांश पारित गर्ने
ncell

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं साधारण सभा डाकेको हो । उक्त सभा मंसिर १७ गते काठमाण्डौको लाजिम्पाटमा रहेको दुषित प्रिन्सेसमा दिनको साढे ३ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशत कर सहित नगद लाभांश(कर समेत) प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८१/८२ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१र८२ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालकहरुको बैठक भत्ता वृद्धि, भ्रमण खर्च तथा दैनिक भत्ता पारित गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?