National life

एनएलजी इन्स्योरेन्सको बीमाशुल्कमा सामान्य वृद्धि, यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२८ माघ २०८२, बुधबार
868Shares
एनएलजी इन्स्योरेन्सको बीमाशुल्कमा सामान्य वृद्धि, यस्ता छन् अन्य सूचक
ncell

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको पुस मसान्तसम्म ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जेनजी आन्दोलन तथा बाढी पहिरोमा ठुलो दाबी परे पछि गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा ८५.१८ प्रतिशतले घट्न पुगेको हो ।

समिक्षा अवधिमा कम्पनीले ४५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन गत आवको यसै अवधिको तुलनामा १.८९ प्रतिशतले बढी हो। कम्पनीले गत आवको पुस मसान्तसम्म ४४ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

पुस मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ६७ करोड ७ लाख रुपैयाँबाट १६.६४ प्रतिशतले बढेर ७८ करोड २३ लाख रुपैयाँ पुगेको छ। भने कुल खर्च ५६ करोड ५ लाख रुपैयाँबाट ३६.७६ प्रतिशतले बढेर ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ। कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि २ करोड ७२ लाख रुपैयाँबाट १९.२४ प्रतिशतको वृद्धि गरी ३ करोड २५ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा २२ लाख रुपैयाँ सञ्चित रहेको छ। यस अवधिसम्म कम्पनीको कुल सम्पत्तिको मूल्य ९ अर्ब ८७ करोड रुपैयाँभन्दा माथि रहेको छ।

यस अवधिमा कम्पनीको बीमाकोषको आकार ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँबाट ४६।३९ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी ९.६८ रुपैयाँबाट घटेर ०.८६ रुपैयाँमा झरेको छ। सोल्भेन्सी अनुपात ३.४२ प्रतिशतबाट बढेर ४.२४ प्रतिशत कायम भएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
868SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?