काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाखको ५ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले गत आवको सञ्चित मुनाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांस९कर प्रयोजनका लागि० गरी कुल ५.७८९४७ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांशमा चुक्तापूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ रुपैयाँको ५.५० प्रतिशतले हुन आउने ८ करोड २ लाख ६० हजार १६९ रुपैयाँबराबरको बोनस सेयर र ०.२८९४७ प्रतिशतले हुन आउने ४२ लाख २४ हजार २१९ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् ।
कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेर सेयरधनीहरुलाई वितरण गरिनेछ ।

































