National life

एनसेलको शेयर किनबेचको सबै प्रक्रिया रद्द गराउन सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
696Shares
एनसेलको शेयर किनबेचको सबै प्रक्रिया रद्द गराउन सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन
ncell

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर किनबेचको सबै प्रक्रिया रद्द गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको वुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकमा समितिले नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयका अधिकारीलाई बोलाएर करिब तीन घण्टा लामो छलफल गर्दै किनेको भन्दा निकै कम रकममा बिक्री गर्नुका पछाडि राजस्व छलीको आशंका रहेको भन्दै गम्भीर छानविन गर्न भनेको छ ।

आठ वर्षअघि १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको सेयर आजियटाले एक साताअघि ६ अर्ब ६० करोड रुपैयाँमा बिक्री गरेको सूचना चुहिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कानूनी व्यवस्था परिपालना नगरिएको, शेयर खरिद बिक्री गर्दा अवास्तविक, अनपेक्षित एवं अविश्वसनीय र अपारदर्शी तवरमा अति न्यून मूल्यांकन गरिएको, विदेशमा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पूँजीगत लाभकर, स्वामित्व हस्तान्तरण कर लगायत कर प्रभावित गर्न खोजिएको भन्दै समितिले अहिलेको खरिदबिक्रिको सम्पूर्ण प्रक्रिया रद्द गराउन निर्देशन दिएको हो ।

समितिले एनसेलको ८० प्रतिशत सेयरको किनबेचका सम्बन्धमा विस्तृतरुपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नु पर्ने भएकाले तत्काल बिक्रीका सम्पूर्ण प्रक्रियालाई यथास्थितिमा राख्न (रोक्न) र यस विषयमा ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई भनेको छ ।

समितिको निर्णयमा, ‘करिब ६ वर्षपछि कानूनतः नेपाल सरकारको स्वामित्वमा आउने अवस्थालाई अनिश्चयतर्फ धकेल्न खोजिनु, पारदर्शिता नदेखिनु, नेपालमा वैदेशिक लगानीलाई सहज गर्ने वातावरण नभएको भनी भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोज्नु तथा अन्य नकारात्मक टिप्पणी गर्नुले उक्त कारोबार प्रारम्भिक रुपमा संशयपूर्ण (शंकास्पद), अपारदर्शी तथा अवास्तविक रहेको भन्न सकिने अवस्था देखिन्छ,’ भनी उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?