National life

एनआईसी एशिया क्यापिटलले ५० करोड बढी रकम प्रतिफलको रुपमा बजारमा पठाउदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
590Shares
एनआईसी एशिया क्यापिटलले ५० करोड बढी रकम प्रतिफलको रुपमा बजारमा पठाउदै
ncell

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडले एन आई सी एशिया बंैक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी कोष योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा रु.५०,७५,०५,८५९.६१ नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

उक्त प्रतिफल रकम एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित इकाईधनीहरुलाई मिति २०८१/०५/०९ गतेदेखि तथा बन्दमुखी योजानहरुको हकमा मिति २०८१/०६/०४ गतेदेखि उक्त प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा रकमान्तरण गर्न सुरु गरिएको क्यापिटलले जानाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै विभिन्न आर्थिक वर्षहरुमा एन आई सी एशिया ग्रोथ फण्ड, एन आई सी एशिया व्यालेन्सड् फण्ड र एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले वितरण गरिएको प्रतिफल रकम बुझिलिन बाँकी भएका इकाईधनीहरुको विवरण तथा विविध कारणबश प्रतिफल जम्मा नभएका/फिर्ता भएका इकाईधनीहरुको विवरण फिर्ता तथा जम्मा नहुनुको कारण सहित एन आई सी एशिया क्यापिटलको वेभसाईटबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा प्रतिफल वितरण गरिएका योजनाहरुको विवरण :

नियमित रुपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत Systematic Investment Plan (SIP) तथा Systematic Withdrawal Plan (SWP) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

साथै क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा क्यापिटलको शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात रु.१० करोड ५० लाख भन्दा बढी र सामूहिक लगानी कोष योजनाहरुको इकाईधनीहरुलाई रु.५० करोड ७५ लाख भन्दा बढी प्रतिफल गरी जम्मा रु.६१ करोड २५ लाख भन्दा बढी रकम लाभांशको रुपमा वितरण गर्न सफल भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?