National life

एभरेस्ट बैंकले अवधि पुरा हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
664Shares
एभरेस्ट बैंकले अवधि पुरा हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्दै
ncell

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले अवधि पुरा हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्ने भएको छ । यस बैंकले ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०७९’ नामक ऋणपत्र आज जेठ २८ गते परिपक्व हुँने भएसँगै ऋणपत्रको रकम फिर्ता गर्न लागेको हो ।

उपत्यकाभित्र रहेका ऋणपत्रधनीहरुले एभरेस्ट बैंकको काठमाडौंको लाजिम्पाटस्थित मुख्य कार्यालय र उपत्यकाबाहिर रहेका ऋणपत्रधनीहरुले पायक कुनै पनि शाखाहरुमार्फत रकम भुक्तानी पाउने बैंकले जनाएको छ ।

ऋणपत्रधनीहरुले ऋणपत्रको सक्कल प्रमाणपत्र (ब्याज भुक्तानी पुर्जासमेत), नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचपत्रको प्रतिलिपि र रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?