काठमाडौँ । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस. अलफोर्ड नेपाल आइपुगेका छन् । उनी अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उनी यहाँ आएको बताइएको छ ।
करीब ७० करोड डलरको एमसीसी परियोजनाको बुधबार उद्घाट्न गर्ने कार्यक्रमरहेको छ ।
एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै काठमाडौं उत्रिएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ । उनी भदौ १५ मा कतार हुँदै अमेरिका फर्कने छन् ।


































