National life

एमसीसी लागू हुन नदिने मोहन वैद्य पार्टीको चेतावनी,बिरोध प्रदर्शनमा उत्रिन आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ भदौ २०८०, शनिबार
579Shares
एमसीसी लागू हुन नदिने मोहन वैद्य पार्टीको चेतावनी,बिरोध प्रदर्शनमा उत्रिन आह्वान
ncell

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ । नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि आफूहरुले त्यसलाई लागू हुन नदिने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौँमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको विरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘अब यो लागूृ गर्ने चरणमा गएको छ । सम्झौता खारेज गर्न त हामीले प्रयास ग¥यौ, सकेनौं । सम्झौता त संसदबाट पास गरे । तर अहिले आएर उनीहरुले गर्न खोजेको के हो भने अब लागू गर्ने चरणमा छन् । यो हामी हुन दिन्नौं’ उनले भने, ‘आगामी १४ गतेबाट ठाउँ ठाउँमा लागू गर्ने योजना बनाएका छन् । र, यो परियोजनालाई लागू गर्ने उनीहरुले डेट फिक्स गरेका छन् । हामीले त्यसैलाई लक्षित गरेको हो, आज यो कार्यक्रम त्यसैका लागि हो ।’

नेता गजुरेलले श्रीलंका सरकारले पनि संसदबाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे । उनले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताए ।

‘पार्लियामेन्टबाट पास गरेको कुरालाई अब हामीले पास गरेको होइन भन्ने त होइन ? जसरी भएपनि पनि पास त भयो । तर त्यतिमात्रै अन्तिम होइन । अब यो पास भइसक्यो, उल्टिँदैन भन्ने कुरा सत्य होइन । त्यहाँ पारित गरेपनि अब यहाँको सरकारले चाहीँ लागू गर्न पाउँदिन भन्ने अधिकार छ । लागू नगर्ने अधिकार नेपाली जनतालाई छ’ गजुरेलले भने, ‘त्यसकारण हामीले त्यो अधिकारलाई प्रयोग गर्दै संसदबाट जनतालाई धोका लिएर गरिएको सम्झौता कार्यान्वयन हुन दिँदैनौं । त्यसलाई हामीले अस्वीकार गर्छौं । र, त्यसलाई खारेज गर्नुपर्छ भन्ने अधिकार नेपाली जनतालाई छ ।’

नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँठाउँमा बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गरे ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?