National life

एमालेको अवरोधकाबीच नीति तथा कार्यक्रमको अन्तिम जवाफ प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ जेठ २०८०, शुक्रबार
665Shares
एमालेको अवरोधकाबीच नीति तथा कार्यक्रमको अन्तिम जवाफ प्रभावित
ncell

काठमाडौं । नेकपा एमालेको अवरोधकाबीच संघीय संसदमा जारी नीति तथा कार्यक्रममाथिको अन्तिम छलफल प्रभावित हुन पुगेको छ ।

आज सरकारकोतर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा उठेको सवाल तथा प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । तर, संसद शुचारु भएलगत्तै प्रमुख प्रतिपक्षी दल समेत रहेको नेकपा एमालेका सांसदहरुले गत बुधबारको सभामा सत्ता पक्षकै सांसदले राखेको विचारमाथि आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको छ ।

जेठ १० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भष्टाचारको काण्ड भएको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री कालमा व्यापक भ्रष्टाचार भएको बिचार राखेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालको बैदेशिक ऋणको आकार ७ खर्बबाट एकै पटक १७ खरब पुगेको र यति, ओम्नी, भ्याक्सिन काण्डसँगै पशुपतिनाथको मन्दिरमा लगाइएको सुनको जलहरी समेत नक्कली रहेको भन्ने बाहिर उनले आरोप लगाएका थिए ।

योसँगै शुक्रबार संसद बैठक शुरु भएलगत्तै एमाले प्रमुख सचेतक पदम गिरीले सो आरोप सरकारले पुष्टि गर्नुपर्ने र त्यसबारे जवाफ दिनुपर्ने माग गरेका छन् । अन्यथा माफी माग्नुपर्ने र सांसद दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाउन समेत एमालेका सांसदहरुले माग राखिराखेका छन् ।

सोही समयमा सांसद दाहालको बचाउ गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा भष्टाचारका बिषयमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले सभामुखको अगाडि पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरे । त्यसपछि सभामुखले २० मिनेटका लागि स्थगित भएको बैठक अझै सुचारु हुन सकेको छैन ।

योसँगै शुक्रबारका लागि तय गरिएको सरकारको जवाफ समेत प्रभावित हुन पुगेको छ । संसदमा उठेको प्रश्न जिज्ञासा तथा सवालको प्रधानमन्त्रीले जवाफ दिएपछि आजै संघीय संसदबाट आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम पास गर्ने कार्यतालिका रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?