National life
cg eloctronics

एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ माघ २०८०, आइतबार
916Shares
एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?
muktinatha bikash bank

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९–८० को सञ्चित मुनाफाबाट ७.७५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब १५ करोड रहेको छ । कम्पनीले चुक्तापूँजीको ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख बराबर नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाब तथा वित्तीय विवरण नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गरिने बताइएको छ ।

everest bank

प्राधिकरणबाट प्रस्तावित लाभांश स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

यो समाचार शेयर गर्नुहोस्
916SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?