National life

एशियन लाइफ इन्स्योरेन्सले १८औँ वार्षिक साधारण सभा बोलायो, १०.५२% लाभांश प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१९ माघ २०८२, सोमबार
1.1kShares
एशियन लाइफ इन्स्योरेन्सले १८औँ वार्षिक साधारण सभा बोलायो, १०.५२% लाभांश प्रस्ताव
ncell

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावसहित आफ्नो १८ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा फागुन ११ गते बाराको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजेदेखि सुरु हुने छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत समेटिएको ५.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअनुसार कुल लाभांश १०.५२६३ प्रतिशत प्रदान गर्ने प्रस्ताव गरिनेछ।

सभा तथा लाभांश वितरणका लागि कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार माघ २८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई नाम कायम रहेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।

कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा समावेश गरिने छ। साधारण सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गरिनेछ।

साथै लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण र अन्य वित्तीय विवरणहरू पारित गरिने छन्। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?