National life

एशियाली बजारमा कच्चा तेलको मूल्य फेरि बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
1KShares
एशियाली बजारमा कच्चा तेलको मूल्य फेरि बढ्यो
ncell

काठमाडौँ। एशियाली बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ। अमेरिका र इरानबीचको युद्धविराम कमजोर बन्दै गएपछि तेलको मूल्यमा फेरि वृद्धि देखिएको हो।

बिहीबार बिहान अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूडको मूल्य ३.३ प्रतिशतले बढेर प्रति ब्यारेल ९७.९० अमेरिकी डलर पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, डब्लुटीआई क्रूडको मूल्य पनि ३.२ प्रतिशतले वृद्धि भई ९७.५५ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ।

दुई साताका लागि सशर्त रूपमा लागू गरिएको युद्धविराम कायम रहे पनि इजरायलले लेबनानमा व्यापक हवाई आक्रमण गरेको छ। यस घटनापछि इरानले आक्रमण जारी रहेमा प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ।

यसअघि युद्धविराम घोषणा भएपछि बुधबार तेलको मूल्यमा केही गिरावट आएको थियो। उक्त सम्झौतामा रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरू मार्ग पुनः सञ्चालन गर्ने विषय पनि समेटिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?