National life
cg eloctronics

एसइई परीक्षामा ५ लाख १० हजार विद्यार्थीले सहभागी हुँदै, जापानबाट २९ जना सहभागी हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
841Shares
एसइई परीक्षामा ५ लाख १० हजार विद्यार्थीले सहभागी हुँदै, जापानबाट २९ जना सहभागी हुने
muktinatha bikash bank

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको संख्या ५ लाख १० हजार रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीको आधारमा यस वर्ष उक्त संख्यामा विद्यार्थीले परीक्षा दिने जनाएको छ । यद्यपि, परीक्षा फाराम भरेका सबै परीक्षार्थी सहभागी हुने नगरेको समेत बोर्डले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आगामी चैत ७ देखि १९ सम्म सञ्चालन हुने एसइई परीक्षाका लागि केन्द्रबाट गरिने सबै तयारी पूरा भइसकेको बोर्डले जनाएको छ । परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्‍याइसकिएको र परीक्षामा अनिवार्य विषयका लागि प्रदेशअनुसार फरक– फरक प्रश्न पत्र तयार पारिएको बोर्डले जनाएको छ ।

ऐच्छिक विषयमा विद्यार्थी संख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एकै प्रकारको मात्रै प्रश्न पत्र छापिएको छ। यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागी हुनेछन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
841SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?