National life

एसइई सुरु नहुँदै नतिजा मिति घोषणा, कहिले आउँछ त ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
666Shares
एसइई सुरु नहुँदै नतिजा मिति घोषणा, कहिले आउँछ त ?
ncell

काठमाडौँ । चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार ७ गतेभित्र प्रकाशन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यही परीक्षा सञ्चालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको जनाएको छ । बिहीबार बिहान ८ बजे सुरु हुने परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन्।

नतिजा कहिले आउँछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति पहिले नै निर्धारण गरेको  परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एसईईका लागि देशभर २ हजार ८० परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसइई दिँदै छन्।

कारागारका २५ , सुधार केन्द्रका २१ र एचआईभी प्रभावित ४ विद्यार्थीले एसइई दिँदै छन्। एसइई परीक्षाको सम्पूर्ण जिम्मा बोर्डले नै लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?