National life

एसियन लाइफ इन्स्योरेन्सको खुद नाफामा २५४.९२ प्रतिशतको वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० वैशाख २०८१, आइतबार
563Shares
एसियन लाइफ इन्स्योरेन्सको खुद नाफामा २५४.९२ प्रतिशतको वृद्धि
ncell

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले कम्पनीले खुद नाफा बढाउन सफल भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६९ करोड ११ रुपैयाँ खुद नाफा कमाएको छ भने उक्त नाफा गत वर्षको यसै अवधिको १९ करोड ४७ लाख रुपैयाँको तुलनामा २५४.९२ प्रतिशतले बढी हो ।

कम्पनीको खुद बीमाशुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो भने यस कम्पनीको खुद बीमाशुल्क आम्दानी १०.५० प्रतिशतले बढेर ५ अर्ब ८ करोडबाट ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, लगानी तथा कर्जाबाट आम्दानी ८.२९ प्रतिशतले बढेर २ अर्ब ३२ करोडबाट २ अर्ब ५२ करोड पुगेको छ ।

अहिले एसियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसको रिटेन्ड अर्निङमा ९२ करोड ९ लाख छ । प्रतिसेयर आम्दानी २०.९७ रुपैयाँले बढेर २९.२० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२९.१९ रुपैयाँ रहेको अवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?