National life

ओम मेगाश्री फर्मास्युटिकल्सको खुला गरेको आइपीओमा मागभन्दा बढी आवेदन, कतिले भरे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
827Shares
ओम मेगाश्री फर्मास्युटिकल्सको खुला गरेको आइपीओमा मागभन्दा बढी आवेदन, कतिले भरे ?
ncell

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले बिक्री खुला गरेको आइपीओमा १० करोड ६५ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि मात्रै उक्त आइपिओ बिक्री खुला गरेको थियो । आज (माघ २७ गते साझसम्म ४१ हजार २३८ जनाले १० लाख ६५ हजार २९० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । जुन मागभन्दा ५.९१ गुणा बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले माघ २१ गतेदेखि पहिलो चरणमा १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो ।

ओम मेगाश्रीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको थियो । जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो ।

आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यसमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
827SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?