National life

कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
590Shares
कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड निर्णय
ncell

काठमाडौँ । शिक्षक आन्दोलन लम्बिँदै गएसँगै अन्योलमा परेको कक्षा १२ को परीक्षा अन्ततः पूर्वनिर्धारित मितिमै सञ्चालन हुने भएको छ। यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ। परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षा हुने नहुने बारे अन्यौलता सृजना भएको थियो ।

आज  बिहान ८ बजेका लागि बोलाइएको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शिक्षकहरू आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन आज बैठक बोलाइएको थियो ।

बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ । यस अगाडि शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने  निर्णय गरेका थिए । अन्य आन्दोलनको सन्दर्भमा भने कुनै छलफल नभएको बैठकमा सहभागी एक प्रतिनिधिले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?