National life

कन्सल्टेन्सी नवीकरणका लागि मन्त्रालयद्वारा पुनः आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
784Shares
कन्सल्टेन्सी नवीकरणका लागि मन्त्रालयद्वारा  पुनः आह्वान
ncell

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई नवीकरणका लागि पुनः आह्वान गरेको छ । मन्त्रालयले यस अगाडि गत असार १६ गते नवीकरण गर्न आह्वान गरेको थियो ।

उक्त समयभित्रमा ८७५ ले मात्रै नवीकरण गरेका थिए। नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शिक्षा मन्त्रालयबाट एक हजार ४७३ संस्थाले अनुमति लिएका छन् । ती मध्ये ८७५ वटाले मात्रै नवीकरण गरेका हुन्। बाँकी रहेका ५९८ संस्थालाई नवीकरणका लागि आह्वान गरिएको हो ।

नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई भदौ २७ गतेभित्र सानोठिमीस्थित शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा आवेदन दिन भनेको हो । उक्त समयभित्र नवीकरण नहुने संस्थाहरूको अनुमति पत्र खारेज गरिने शिक्षा मन्त्रालयले जनाएको छ। यसअघि २०७३ सालदेखि नवीकरण हुन नसकेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरिएको थियो । जसमा मन्त्रालयमा दर्ता भएकामध्ये ५९८ ले नवीकरण गरेका थिएनन् ।

यो समाचार शेयर गर्नुहोस्
784SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?