National life

कर्जालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२२ पुस २०८२, मङ्गलबार
1.6kShares
कर्जालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाको दुरुपयोग नगर्न सरोकारवालालाई आग्रह गरेको छ । वित्तीय चेतना अभिवृद्धिका लागि जारी गरिएको सूचनामार्फत राष्ट्र बैंकले कर्जालाई सही उद्देश्यमा लगानी गरी आर्थिक अनुशासन कायम गर्न जोड दिएको हो ।

राष्ट्र बैंकले पर्याप्त अध्ययन र तयारीविनै लिइने व्यावसायिक कर्जा अन्ततः कर्जाग्राहीकै लागि बोझ बन्न सक्ने चेतावनी दिएको छ । साथै, व्यवसायिक कर्जालाई विलासिताका वस्तु खरिद वा गैर–उत्पादक क्षेत्रमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता अभ्यास कर्जाको दुरुपयोग भएको उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय बैंकका अनुसार व्यवसायिक कर्जा व्यवसायको उन्नति र प्रवर्द्धनका लागि एक महत्वपूर्ण साधन हो । त्यसैले यस्तो कर्जा मेसिन तथा उपकरण खरिद, व्यवसायको स्तरोन्नति र आधुनिकीकरण, उत्पादन क्षमता विस्तार, व्यापार विस्तार तथा नयाँ व्यवसायिक अवसर सिर्जना गर्ने उद्देश्यका लागि प्रयोग हुनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्र बैंकले व्यावसायिक कर्जाको सही सदुपयोगले व्यक्तिगत व्यवसाय मात्र होइन, समग्र अर्थतन्त्रको सुदृढीकरणमा समेत सकारात्मक योगदान पुग्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?