National life

कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत ,भौतिक निर्माणमा बढी जोड (पूर्णपाठ)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
715Shares
कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत ,भौतिक निर्माणमा बढी जोड (पूर्णपाठ)
ncell

काठमाडौँ। आज कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ।

सरकारले सीप सिकेका युवालाई सामूहिक रूपमा वस्तु विकास गर्न ‘वस्तु विकास प्रशिक्षण केन्द्र’को स्थापना गर्ने नयाँ कार्यक्रम घोषणा गरेको छ। नीति तथा कार्यक्रममा आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ।

सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई थप परिमार्जनसहित निरन्तरता दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रदेशलाई अर्ग्यानिक प्रदेशको रूपमा विकास गरिने र प्राङ्गारिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेको छ ।

विशेष गरी सडक पूर्वाधार, स्वास्थ्य, कृषि, सिँचाइ सुविधा लगायतका विषयलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याइएको छ । एक धारा एक घर अभियानलाई निरन्तरता दिइने र सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि पहल गरिने योजना समेटिएको छ ।

सरकारले स्वास्थ्यमा सुधार ल्याइ ‘कर्णाली स्वस्थ नागरिक’ अभियान चलाइने कार्यक्रम ल्याइएको छ । सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्न प्रोत्साहन अभियान चलाइने छ ।

त्यस्तै कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिने विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो कार्यक्रम विगतदेखिकै आयोजना हो । तर पछिल्लो समय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषयले चर्चा पाएको थियो।

प्रदेश राजधानी वीरेन्द्रनगरलाई स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने योजना आएको छ । सार्वजनिक शिक्षा सुधारका लागि ‘१० वर्षे शिक्षा नीति’ तयार गरिने बताइएको छ। साथै कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।

सरकारले कर्णालीको भाषा, संस्कृतिलाई संरक्षण गर्न कर्णाली प्रज्ञा प्रतिष्ठानसम्बन्धी कानुन बनाइने सरकारले नीति ल्याएको छ । ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रमलाई प्रभावकारी बनाइने छ भने ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/06/कर्णाली-प्रदशको-२०८१०८२-को-नीति-तथा-कर्यक्रम.pdf"]

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?