National life

बैंकहरुले कर्मचारी बोनसका लागि खर्चिए साढे ११ अर्ब ५९ करोड रकम, नबिल शीर्षस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ भदौ २०८२, बिहिबार
558Shares
बैंकहरुले कर्मचारी बोनसका लागि खर्चिए साढे ११ अर्ब ५९ करोड रकम, नबिल शीर्षस्थानमा
ncell

काठमाडौं । गत आवको वित्तीय विवरण अनुसार, २० वाणिज्य बैंकले कर्मचारी बोनसका लागि ११ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ छुट्टाएका छन् । यो रकम बैंकहरुले वार्षिक तलब खर्चको १९.५७ प्रतिशत बराबर हो ।

अघिल्लो वर्ष बैंकहरुले कर्मचारीलाई ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बोनस छुट्टाएको थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस बैंकको प्रतिवेदन अनुसार सबैभन्दा धेरै बोनस नबिल बैंकले छुट्टाएको छ। बैंकले आफ्ना कर्मचारीका लागि १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ बोनस छुट्टाएको छ। अघिल्लो वर्षको तुलनामा ५.६१ प्रतिशत अर्थात् ६ करोड ११ लाख रुपैयाँ बढी हो ।

अघिल्लो वर्ष बैंकले १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ बोनस रकम छुट्टाएको थियो यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ छुट्टाएर दोस्रो स्थानमा रहेको छ। यी दुई बैंकले मात्रै १ अर्बभन्दा बढी बोनस वितरण गरेका छन्।

त्यस्तै,तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ९७ करोड ६० लाख रुपैयाँ छुट्टाएको छ भने चौथो स्थानमा एभरेष्ट बैंकले २ अर्ब ७ लाख रुपैयाँ कर्मचारी बोनसमा छुट्टाएको विवरणमा उल्लेख छ । ग्लोबल आइएमई बैंकको २.५२ प्रतिशत र  एभरेष्ट बैंकको ३२.९८ प्रतिशत बोनस रकम बढेको हो ।

साथै सोही अवधिमा प्रभु बैंकले ७० करोड ५ लाख रुपैयाँ, र प्राइम बैंकले ६५ करोड ९८ लाख तथा कृषि विकास बैंकले ६५ करोड र कुमारी बैंकले ६४ करोड २३ लाख रुपैयाँ बोनस शेयर छुट्टाएका छन् ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकः ६४ करोड ९ लाख रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकः ६० करोड ५८ लाख रुपैयाँ

नेपाल बैंकः ६० करोड २५ लाख रुपैयाँ

निर्धारण गरेका छन् भने सिद्धार्थ बैंकले ५५ करोड ९६ लाख, एनएमबि बैंकले ५२ करोड १७ लाख, स्ट्याण्डर्ड चार्टर्डले ५० करोड ६० लाख, सानिमा बैंकले ३९ करोड ५४ लाख, माछापुच्छ्रेले ३२ करोड २७ लाख, नेपाल एसबिआईले ३० करोड ११ लाख छुट्टाएका छन्।

अन्य बैंकहरुमा

हिमालयन बैंक : २३ करोड १८ लाख

सिटिजन्स बैंक : २० करोड ४२ लाख

एनआइसी एशिया बैंक : २ करोड ४० लाख रुपैयाँ कर्मचारी बोनसका लागि निर्धारण गरेका छन् ।

बोनस ऐन र नियमावली अनुसार, बैंक तथा वित्तीय संस्थाले कर तिर्नु अघि वार्षिक नाफाबाट अधिकतम १० प्रतिशत रकम कर्मचारी बोनसका लागि छुट्टाउन पाउँछन्। यसरी हेर्दा, गत आर्थिक वर्षमा नाफा कमाउने बैंकहरुले कर्मचारीलाई आकर्षक बोनस वितरण गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?