National life

कांग्रेस नेता विनोद चौधरीको उम्मेदवारी दर्ता,आर्थिक रुपान्तरणको पक्षमा दृढ भएर लागिरहने बाचा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०६ माघ २०८२, मङ्गलबार
1KShares
कांग्रेस नेता विनोद चौधरीको उम्मेदवारी दर्ता,आर्थिक रुपान्तरणको पक्षमा दृढ भएर लागिरहने बाचा
ncell

नवलपरासी ।अर्बपतिसमेत रहेका नेपाली कांग्रेसका नेता विनोद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चौधरीले मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।

२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पनि चौधरी उक्त निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

‘म राजनीतिक परिवर्तनको पक्षमा छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आर्थिक रुपान्तरणको पक्षमा छु । र, जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु,’ मनोनयन दर्तापछि चौधरीले भनेका छन्, ‘ म यहाँबाट निर्वाचित भएको तीन बर्षमा समृद्ध नवलपरासीका लागि फाउण्डेसन तयार भएको छ । हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरि नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको छ । यस अभियानलाई पूर्णता दिन आवस्यक छ । त्यसकै लागि मैले नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारी दर्ता गरेको छु । यहाँहरुको शुभेच्छा, साथ र सहयोगका लागि सधै आभारी रहनेछु ।’

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?