काठमाडौँ । काठमाडौँको गैरीगाउँमा भीषण आगलागी भएको छ । मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा भीषण आगलागी भएको हो ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अहिले उक्त ठाउँमा दमकल पुगिसकेको छ ।
त्रिभुवन विमानस्थलको कार्यालयले भने विमानस्थलमा अहिले समस्या नरहेको जनाएको छ ।
यद्यपि केही जहाजहरू भने ट्राफिकको कारण होल्ड भएका छन् ।


































