National life

काठमाडौँका सडकमा निरन्तर आन्दोलनले सर्वसाधारणलाई सास्ती

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
578Shares
काठमाडौँका सडकमा निरन्तर आन्दोलनले सर्वसाधारणलाई सास्ती
ncell

काठमाडौँ । काठमाडौँका सडकमा निरन्तर आन्दोलनले सर्वसाधारणलाई सास्ती भएको छ। दैनिक आवत जावत गर्ने सर्वसाधारण यात्रु, कर्मचारी र विद्यार्थीलाई सकस परेको छ।

शिक्षकहरूले १९ दिनदेखि दिनहुँ माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका छन्। आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सडकमै प्रदर्शनका कार्यक्रम राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सडकमा प्रदर्शनका कार्यक्रम हुँदा सवारी साधनको आवतजावतमा प्रभाव परेको हो। शिक्षकहरूको आन्दोलनका कारण दिनहुँ माइतीघर-तीनकुने सडक ठप्प हुँदै आएको छ। हजारौँ शिक्षकहरू सडकमा उत्रिएर प्रदर्शन गर्दा पैदलयात्रु र सवारीसाधनमा यात्रा गर्नेहरूलाई कठिनाइ भएको हो।

सडकमा आन्दोलनका कार्यक्रमले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिनाइ भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए। प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको उनले बताए।

आइतबार राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ। उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?