National life

काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ४ दिने ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
512Shares
काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ४ दिने ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ सुरु
ncell

काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि ४ दिने ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ सुरु भएको छ । शुक्रवारदेखि काठमाडौँको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु भएको हो ।

पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि एसोसिएसनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला–प्रदर्शनीको आयोजना गर्दै आइरहेको आयोजकले जनाएको छ । यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको छ ।

Royal Enfield
nic asia capital

२६ औँ फ्लोरा एक्स्पोमा व्यावसायिक तथा अफिसियल स्टलसहित ८२ वटा स्टल छन् । मेलामा पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूको विभिन्न विधाहरूमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट आलङ्कारिक फुल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नवीनतम प्रविधिबारे प्रचार प्रसार गर्न सघाउ पुर्‍याउने उद्देश्यले पनि यसको आयोजना गरिएको यो एक्स्पोमा पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने सबैका लागि मेला वृहत् साझा मञ्चको रूपमा रहेको आयोजकले दाबी गरेको छ ।

मेला अवधिभर ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा एक करोडसम्मको व्यावसायिक कारोबार हुने अनुमान आयोजक पक्षले जनाएको छ ।

https://aarthikvoice.com/archives/58638

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?