National life
cg eloctronics

काठमाडौँ महानगरमा सहकारी विरुद्ध ६ हजार उजुरी , एक खर्ब फिर्ता गर्न बाँकी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
1.2kShares
काठमाडौँ महानगरमा सहकारी विरुद्ध ६ हजार उजुरी , एक खर्ब फिर्ता गर्न बाँकी
ncell
काठमाडौं । काठमाडौँ महानगरपालिकामा २ सय ४२ सहकारी विरुद्धका ६ हजार भन्दा बढी उजुरी दर्ता भएका छन् । २ सय ४२ सहकारीले करिब एक खर्ब रकम फिर्ता गर्न बाँकी रहेको महानगरको जानकारी छ ।
महानगरको कार्यक्षेत्रमा एक हजार नौ सय सहकारी रहेको र यीमध्ये दुई सय ४२ सहकारी विरुद्ध ६ हजार उजुरी दर्ता हुनुको साथै तीन हजार उजुरी भने सामान्य सहमतिका आधारमा फिर्ता भइसकेको महानगरको सहकारी विभागले जनाएको छ ।
महानगरले पहिलो चरणमा ४० सहकारीको अनुगमन गर्ने सूची तयार पारेको छ । त्यसपछि दोस्रो चरणको काम थालिने जनाएको छ । नियमअनुसार सञ्चालन नभएका सहकारी विरुद्ध प्रहरीमा उजुरीसमेत गर्दै जाने महानगरको भनाई छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पछिल्लो समय सहकारीसँग सम्बन्धित विभिन्न समस्या देखिन थालेपछि महानगरले गत १६ चैतदेखि अनुगमनसमेत थालेको थियो । यसबिचमा पाँच सहकारीमा अनुगमन भएकोमा कुनै पनि नियमसम्मत सञ्चालन भएको महानगरको भनाई छ ।
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?