National life

काठमाडौंका विभिन्न स्थानमा समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
903Shares
काठमाडौंका विभिन्न स्थानमा समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू
ncell

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू भएको छ। तीनकुनेमा राजावादीहरूले र भृकुटिमण्डपमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन्।

राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरूप मोर्चाले प्रदर्शनमा उत्रिएको हो। कोटेश्वर,कुपण्डोल,कालिमाटी लगायतका स्थानबाट निस्केर भृकुटिमण्डप पुगेर सभामा परिणत हुनेछ।

Royal Enfield
nic asia capital

राजतन्त्रवादीहरूको आन्दोलनको नेतृत्व राप्रपाका नेता दुर्गा प्रसाईंले गरेका छन्। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले कमाण्डरको जिम्मेवारी प्रसाईंलाई दिएको हो।

गणतन्त्रवादी र राजतन्त्रवादीले एकैदिन प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
903SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?