National life

कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
499Shares
कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित
ncell

काठमाडौं । कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बार्षिक साधारणसभाबाट पारित भएको छ ।

बैंकको संचालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न भएको बुधवारको वार्षिक साधारण सभाले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै साधारण सभाले १०० रुपैयाँको दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारणसभाले आ.व.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०८१/०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर.एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा सेयरधनी महानुभावहरुले राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । शेयरधनी महानुभावहरुले राखेका जिज्ञासाको जवाफ दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले शेयरधनीहरुको सुझाव, स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्य संचालन गरिएको तथा चालु आ।व।मा पनि बैंकले शेयरधनीज्यूहरुको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?