National life

कालिका लघुवित्तको नाफा ४ करोड भन्दा बढी, आम्दानीमा ४६.१० % ले प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
829Shares
कालिका लघुवित्तको नाफा ४ करोड भन्दा बढी, आम्दानीमा ४६.१० % ले  प्रगति
ncell

काठमाडौँ। कालिका लघुवित्तले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार संस्थाको नाफा १३४.८८ प्रतिशतले बढेको छ।

संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ७९ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा, संस्थाको खुद ब्याज आम्दानी पनि ४६.१० प्रतिशतले बढेर १७ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम ११ करोड ६९ लाख रुपैयाँ थियो। साथै, संस्थाको खुद सञ्चालन आम्दानी ४१.७० प्रतिशतले वृद्धि भएर १९ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

संस्थाले २ करोड ७८ लाख रुपैयाँ बराबरको अन्य सञ्चालन आम्दानी गरेको छ। यस्तै सञ्चालन खर्च २०.२७ प्रतिशतले बढेर १३ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

४० करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ २७.६६ प्रतिशतले घटेर २ करोड ८४ लाख रुपैयाँ र रिजर्भ भने ५.९८ प्रतिशतले बढेर २६ करोड १९ लाख रुपैयाँ पुगेको छ। संस्थाको निक्षेप संकलन १ अर्ब ५१ करोड र कर्जा प्रवाह ४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म संस्थाले खराब कर्जा अनुपातमा गिरावट आएको छ। अघिल्लो आवसम्म ४.८२ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.६७ प्रतिशत कायम भएको छ। समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा २ करोड ६३ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १२.९३ रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७१.२४ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
829SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?