National life

कुन बिरामीले हुँदैन मासु खान ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०६ कात्तिक २०८०, सोमबार
1.6kShares
कुन बिरामीले हुँदैन मासु खान ?
ncell

काठमाठाैं । दशैंको रौनक हरेकको घर–घरमा छाइसक्यो । दशैं आएसँगै सबैले मिठो परिकार नै सम्झन्छन् । दशैंमा मासुलाई नै बढी महत्व दिने गर्छन्। मासु खान थालेपछि हामी नेपाली हरीया सागसब्जीलगायत अन्य साधारण खानेकुरा नै बिर्सिदिन्छौ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एकै पटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने चिकित्सकहरु बताउँछन्। चिल्लो मासु खाएर आरामसँग बस्दा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्छ। दशैंको समयमा स्वाद र सन्तुष्टिका लागि मासुका परिकार मात्रै खाने तर कुनै व्यायम नगर्दा स्वास्थ्यलाई नराम्रो पर्न सक्छ ।

मासु ठिक्क मात्रामा मात्रै खाँदा राम्रो हुन्छ । अत्याधिक मात्रामा चिल्लोयुक्त र मसलेदार मासु खाँदा तत्काल असर नदेखिए पनि केही दिनपछि बिस्तारै समस्या देखा पर्ने चिकित्सकहरु बताउँछन् ।

हाल नेपालमा मधुमेह, मुटुका बिरामी, युरिक एसिडलगायत रोगका बिरामी बढी रहेका छन्। दशैंमा आफन्तकामा पनि गइने हुँदा त्यहाँ पनि विचार गरेर ठिक्क मात्रामा खानुपर्छ। आफ्नो मन थाम्न नसकेर आवश्यकभन्दा बढी खानेकुरा खाने बानीले स्वास्थ्यका लागि हानिकारक हुन्छ। रक्तचाप बढी भएका, युरिक एसिड भएका मानिसले भित्री अङ्गका मासु तथा रातो मासु खाँदा उनीहरुको शरीरमा ठूलो क्षति पुग्ने चिकित्सकको सल्लाह छ।

मासु पकाउँदा पनि धेरै मसला, चिल्लो राखेर भन्दा पनि साधारण तरिकाले पकाएर खानुपर्छ। बढी मसलेदार मासु, धेरै दिनको बासी मासु, राम्ररी नपाकेको मासु खाँदा अपच हुने, बान्ता हुने, आउँ, हैजाजस्ता समस्या निम्तिन्छ। यस कारण मासुलाई ताजा राख्नका लागि फ्रिजमा राख्नुपर्छ।

दीर्घ रोगीलाई मासु विषसरह

मुटु रोग, युरिक एसिड लगायतका दीर्घ रोगीलाई मासु घातक मानिन्छ । अझै दीर्घ रोगीले मासु खानु विष सेवन गरेसरह नै हुने चिकित्सकको भनाई छ। त्यसैले दीर्घ रोगीले मासु सेवन नगरेकै उत्तम हुन्छ। तेलमा भुटेको, तारेको, सेकुवा र मसलेदार मासु खानु शरीरका लागि झनै हानिकारक हुन्छ। नेपालमा दिनानुदिन दीर्घ रोगी बढ्नुका कारण पनि अस्वस्थकर खाना नै भएको चिकित्सकहरु बताउँछन्।

कस्तो मासु नखाने ?

मासुको गुणस्तर कस्तो हो, नबुझी खाँदा शरीरमा समस्या निम्तिन्छ । अमिलो र नमिठो गन्ध आएको छ भने त्यस्तो मासु खान हुँदैन । प्याजी रङ्गको मासु मात्रै खान योग्य हुने डाक्टरहरु बताउँछन् । डाक्टरहरुका अनुसार बजारमा झुन्डाएर राखिएको मासु हल्का गुलाबी रङ्गको छ भने त्यसमा सचेत हुनुपर्छ । पसलमा झुन्ड्याएर खुला रूपमा राखिएको मासुमा ब्याक्टेरियाको संक्रमण धेरै हुन्छ । अस्वस्थ मासुको सेवनले स्वस्थ मानिस समेत बिरामी हुने सम्भावना रहन्छ । त्यसैले खानामा सन्तुलन मिलाउनुका साथै अभ्यासलाई पनि ध्यानमा राख्न जरुरी हुने डाक्टरको सुझाव छ । दशैंका लागि खसि किन्दा सिंगान बगेको चिकित्सकले स्वस्थ्य छ भनेर चिन्ह नलगाएको अस्वस्थकर हुने डाक्टरको भनाई छ।

मासुको बढी प्रयोगले कस्ता समस्या ?

मासुको बढी प्रयोगले युरिक एसिडको समस्या आउँने चिकित्सकहरुको भनाई छ । त्यस्तै, रातो मासुले नकारात्मक असर गर्छ । बोसो तथा छाला रहित मासु खाने गरेमा हानी कम हुन्छ। रगत पकाएर रक्ती बनाएर खानुलाई पनि खासै उपयोगी मानिँदैन । यस्तो मासुको प्रयोगले खाएको केही समयभित्र नै झाडापखाला चल्ने, अपच हुने, ग्यास्ट्रिक बढ्नेलगायतका समस्या हुन्छ ।

कस्तो मासु कसरी खाने ?

मासु किन्दा नजिकैको पसल, जहाँ आफूलाई विश्वास लाग्छ त्यहीबाट मात्र मासु किन्ने र मासु लेराइसकेपछि राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।

राम्रोसँग नपाकेको मासुले शरीरलाई हानी गर्ने चिकित्सकहरु बताउँछन् । मासुमा राँगा खसी भन्दा कुखुरा, माछा स्वस्थ्यकर हुने बताइन्छ । खसीमा रेडीमेट बढी हुन्छ । छाला खाँदा पनि पाचन प्रक्रियामा असर गर्छ । छालामा धेरै बोसो हुने भएकाले त्यो स्वस्थ्यकर हुँदैन । चिकित्सकका अनुसार त्यस्तो मासुले पाचन प्रक्रियालाई राम्रो गर्दैन । दशैंमा मीठो बनाउनु पर्छ भन्दै अनावश्यक मरमसला हाल्न तिर लाग्न हुँदैन ।

 

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?