National life

कुमारी बैंकको १४ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०५ माघ २०८२, सोमबार
1.2kShares
कुमारी बैंकको १४ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक समूहको १४ लाख ६२ हजार ९३५ कित्ता सेयर बिक्रीका लागि प्रस्ताव गरिएको छ। बैंकले हालका लागि यी सेयर खरिद गर्न केवल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र अनुमति दिएको जनाएको छ।

बैंकका अनुसार इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटल लिमिटेडको कार्यालय तथा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। सेयर खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन प्राप्त नभएमा, उक्त सेयर अन्य व्यक्ति तथा संस्थाहरूका लागि खुला गरिने स्पष्ट पारेको छ। त्यस अवस्थामा सेयर बिक्रीसम्बन्धी थप सूचना सार्वजनिक गरिने पनि बैंकले जनाएको छ।

संस्थापक सेयर बिक्री प्रक्रियालाई पारदर्शी र नियमनअनुसार अगाडि बढाइने बैंकको भनाइ छ। यस कदमले संस्थापक सेयर संरचनामा सम्भावित परिवर्तन आउन सक्ने तथा बैंकको पूँजी संरचना थप सुदृढ हुन सक्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?