National life

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१२ चैत २०८२, बिहिबार
1.3kShares
कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन
ncell

काठमाडाैं। कुमारी बैंक लिमिटेडले आफ्नो Mastercard सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्त्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ । काठमाडाैंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकहरूका लागि बिहीबारबाट डेबिट Mastercard जारी गर्न सुरु गरेको जानकारी गराएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्य मार्फत बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिंदै आएको अग्रसरताबारे संक्षिप्त रूपमा जानकारी दिदै Mastercard जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन् ।

यसैगरि कार्यक्रममा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनिश ताम्रकारले Mastercard को महत्त्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारि दिदै यस डेबिट Mastercard ले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, पत्रकारहरूको अन्य जिज्ञ्यासालाई सम्बोधन गर्दै बैंकले जारी गरेको डेबिट Mastercard नेपाल, भारत र भुटानका सबै Mastercard –स्वीकार गर्ने ATM तथा POS मा प्रयोग गर्न सकिने, Mastercard को क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने, Mastercard मार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने लगायतका विषयहरु प्रष्ट पारेका थिए । उनका अनुसार, बैंकले गत वर्षदेखिनै आफ्ना एटीएमहरुमा Mastercard स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने विश्वस बैंकले लिएको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले अनवरत रुपमा विद्युतीय कारोबार मार्फत बैंकिङ सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका २९७ शाखा सञ्जाल, ३१५ एटिएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?