National life

कुमारी बैंक र GIZ नेपालबीच नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२४ असोज २०८२, शुक्रबार
1.3kShares
कुमारी बैंक र GIZ नेपालबीच नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेड र Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH (GIZ Nepal) बीच Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनाअन्तर्गत सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात—विशेष गरी विद्युतीय माइक्रो तथा मिनीबसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।

SET4NPL परियोजना GIZ nepal / Global Green Growth Institute (GGGI) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो । यो परियोजना Mitigation Action Facility (MAF) को आर्थिक सहयोगमा सञ्चालन भईरहेको छ र यस कार्यक्रमले करिब ३,५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक सिमाबद्धतालाई ध्यानमा राखि यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । SET4NPL परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन mobile applications, GPS device, LED route display तथा open loop e-ticketing system जस्ता डिजिटल सुविधाहरू समेत पनि प्रयोगमा ल्याईएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदानको व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउनेछ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ ईकाईहरु तथा ३१७ एटीएम मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?