National life

कोरियाको हानपाससँग नेपाल रेमिटको सम्झौता, नेपालमा रेमिट्यान्स् पठाउन सहज हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
595Shares
कोरियाको हानपाससँग नेपाल रेमिटको सम्झौता, नेपालमा रेमिट्यान्स् पठाउन सहज हुने
ncell

काठमाडौँ । कोरियाको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन सहज हुने भएको छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र हानपासका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किम क्यूङ हुनले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब नेपालीहरूले नेपाल रेमिट मार्फत कोरियाको रेमिट्यान्स् एजेन्टबाट मात्र नभइ मोर्बाइल एप, मोबाईल वालेटबाट नेपालका कुनैपनि बैंक खाता तथा नेपालमा सञ्चालनमा रहेका ११ वटा भन्दा बढि वालेटहरूमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मोबाइल एप तथा वालेटबाटै रेमिट्यान्स् पठाउन सकिने भएपछि कोरियामा रहेका नेपालीहरूले आफू काममा रहेकै अवस्थामा पनि नेपालमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

सम्झौतापछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘हानपासजस्तो बहुप्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउँदा हामीलाई एकदम गर्व लागेको छ ।

हानपास कोरिया तथा विश्वव्यापी ठुलो सन्जाल भएको कोरियन कम्पनी हो । यसले नेपाल सँगसङै अन्य देशमा अत्याधुनिक प्रविधिबाट रेमिट्यान्स् पठाउन सकिने व्यवस्था मिलाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?