National life

को हुन् देशकै कान्छी सांसद बनेर उपसभामुख बन्दै गरेकी रुबी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
1.5kShares
को हुन् देशकै कान्छी सांसद बनेर उपसभामुख बन्दै गरेकी रुबी ?
ncell

काठमाडौँ।  प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम-संस्कृति पार्टीकी समानुपातिक सांसद रुबीकुमारी ठाकुर निर्वाचित हुने पक्का भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई समर्थन गर्ने निर्णय गरेको हो।

जेनजी आन्दोलनको बलमा भएको चुनावले उपसभामुख पदमा जेनजी युवतीलाई स्थापित गर्ने भएको छ। उनी वर्तमान संसदकै कान्छी सदस्य हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

को हुन् जेनजी जेनजी उपसभामुख रुबी ?

धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीसँग कुनै पनि राजनीतिक पृष्ठभूमि थिएन । उनको काँधमा ४ बहिनी र २ भाइको जिम्मेवारी थियो । रुबीका बाबु सोगराथ ठाकुर अहिले पनि वैदेशिक रोजगारीका लागि साउदीअरबमा छन् । आमा रेणु गृहणी हुन् ।

दुई विघा जमिन अधियाँमा लिएर गरेको खेति र बुवाले पठाउने रेमिट्यान्सबाट रुबीको परिवार चलेको छ । रुबीले २७४ सालमा एसईई उत्तिर्ण गरेपश्चात धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ) अध्ययन पूरा गरेकी छन् । सांसद बन्नुअघिसम्म उनी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गर्थिन् र मासिक २० हजारजति कमाउँथिन् ।

चुनावी अभियानका क्रममा हर्क साम्पाङ धनुषा पुग्दा पहिलो पटक रुबीले उनलाई भेटेकी थिइन् । साम्पाङबाट प्रभावित बनेर उनी श्रम संस्कृति पार्टीको चुनाव प्रचारप्रसारमा हिँड्न थालिन् । त्यसै वापत पार्टीले उनलाई मधेसी महिला क्लस्टरबाट समानुपातिकमा सिफारिस गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?