National life

खराब सूचीमा पर्नेको संख्या ६ महिनामै २४ हजार बढी, चेक बाउन्समा मात्रै १६ हजार नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ फागुन २०८१, शुक्रबार
914Shares
खराब सूचीमा पर्नेको संख्या ६ महिनामै २४ हजार बढी, चेक बाउन्समा मात्रै १६ हजार नाघ्यो
ncell

काठमाडौँ। पछिल्लो समय कालोसूचीमा पर्नेको संख्यामा बढोत्तरी आएको छ।  कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा (साउन(पुष) २४ हजार ५७५ जना खराब सूचीमा परेका छन्।

त्यसमध्येमा १६ हजार बढी ६ सय १३ जना चेक बाउन्स, ७ हजार ९ सय ६२ जना समयमा ऋण वा किस्ता नबुझाएको कारण खराब सूचीमा  परेका हुन् । खराब सूचीमा पर्नेहरूमध्ये ठूलो संख्यामा चेक बाउन्सका घटना रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकको ऋण तिर्न नसकेर खराब सूचीमा पर्नेहरूको सङ्ख्या भन्दा चेक बाउन्सका कारण खराब सूचीमा पर्नेको सङ्ख्या बढी रहेको कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले बताएका छन् ।

ऋण लिएर मान्छे बेपत्ता भएमा कर्जाको साँवा वा साँवाको कुनै ब्याज भुक्तानीको मिति एक वर्ष नाघेमा, ऋणी टाट पल्टेमा खराब सूचीमा राख्ने कानुनी प्रावधान छ । त्यसका साथै, ऋणीले भाकाभित्र ऋण चुक्ता नगरी बैंक तथा वित्तीय संस्थाले ऐनअनुसार कर्जा असुलीको कारबाही चलाउँदा, कर्जाको दुरुपयोग गरेको प्रमाणित ठहर हुँदा खराब सूचीमा राख्ने गरिन्छ।

खराब सूचीमा थपिने ऋणीको सङ्ख्या २०७८/०७९ मा १५ हजार ९ सय ९५  थियो भने २०७९/०८० मा ३४ हजार र २०८०/०८१ मा ५२  हजार ३ सय ३ पुगेको छ । त्यस्तै, चेक बाउन्सका कारण खराब सूचीमा परेका ऋणीहरूको सङ्ख्या २०७८/०७९ मा १३ हजार ११७, २०७९/०८० मा २९  हजार ३ सय २५, र २०८०/०८१ मा ३९ हजार ४ सय ८२ पुगेको छ।

साथै, ऋण नतिरेर खराब सूचीमा पर्ने ऋणीहरूको संख्यामा समेत अनपेक्षित वृद्धि भएको छ । २०७८/०७९ मा २ हजार ८ सय २८, २०७९/०८० मा ४ हजार ७  सय ५६, र २०८०/०८१ मा १२ हजार ८  सय २१ जना कालोसूचीमा परेका छन्।

पछिल्लो तीन वर्षको अवधिमा अर्थात् २०७८/०७९ मा ३ हजार २ सय २, २०७९/०८० मा ७ हजार २ सय ६३, र २०८०/०८१ मा १४  हजार ४ सय २४ जना खराब सूचीबाट हटाइएका छन्।

यो समाचार शेयर गर्नुहोस्
914SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?