National life

खस्किँदै वैदेशिक व्यापार: ७ महिनामा ७.०७ प्रतिशत घट्यो निर्यात, आयात कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
804Shares
खस्किँदै वैदेशिक व्यापार: ७ महिनामा ७.०७ प्रतिशत घट्यो निर्यात, आयात कति ?
ncell

काठमाडौं । चालू आर्थिक वर्षमा निरन्तर वैदेशिक व्यापार घटिरहेको छ। माघ मसान्तसम्ममा गत वर्षको तुलनामा २ दशमलव ७५ प्रतिशतले वैदेशिक व्यापार घटेको हो।

गत वर्ष १० महिनामा नेपालले १० खर्ब १२ अर्ब रुपैयाँबराबरको व्यापार गरेकामा यो वर्ष सोही अवधिमा ९ खर्ब ८४ अर्ब रुपैयाँको मात्र भएको छ। यो वर्ष १० महिनामा ८६ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष यही अवधिमा ९३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो।

त्यस्तै भन्सार विभागको माघ मसान्तसम्मको सार्वजनिक विवरण अनुसार ७ महिनाको अवधिमा नेपालको निर्यात पनि ७.०७ प्रतिशतले ओरालो लागेको छ । सो अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ।

गत वर्षको ७ महिनाको अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । सो अवधिमा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।

गत वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । विभागका अनुसार माघ मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?