National life

खानेपानीमा कर छुट र सहुलियत नदिए आन्दोलन गर्ने चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०७ जेठ २०८३, बिहिबार
984Shares
खानेपानीमा कर छुट र सहुलियत नदिए आन्दोलन गर्ने चेतावनी
ncell

काठमाडौँ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी सेवामा लगाइएको २५ प्रतिशत आयकर हटाउन सरकारसँग माग गरेको छ।

राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महासङ्घले राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो।

महासङ्घका अध्यक्ष खेमराज ओलीले गत वर्ष पारित सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्दै सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले खानेपानी क्षेत्रको सुधारका लागि आफूहरूले निरन्तर पहल गर्दै आएको पनि बताए।

महासङ्घले खानेपानीमा कर तथा भ्याट छुट, विद्युत् महसुलमा सहुलियत, नगर विकास कोषबाट लिइने ऋणको ब्याजदर घटाउने, आयोजना निर्माणमा जनसहभागिता रकम कम गर्ने तथा देशमै ब्लिचिङ पाउडर उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने माग राखेको छ।

यी मागहरू २०८२ असार १२ गते राष्ट्रिय सभाबाट सङ्कल्प प्रस्तावका रूपमा पारित भएको जानकारी पनि दिइएको छ।

महासङ्घले आफ्ना मागहरू सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

यसैबीच, महासङ्घले जेठ ८ गते बबरमहलस्थित कार्की व्याङ्केटमा ७औँ साधारण सभा आयोजना गर्ने र सो अवसरमा खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरिने जनाएको छ।








यो समाचार शेयर गर्नुहोस्
984SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?