National life

गत आवको चौथो त्रैमासमा स्वस्तिक लघुवित्तले कमायो ९९ लाख खुद नाफा, यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
429Shares
गत आवको चौथो त्रैमासमा स्वस्तिक लघुवित्तले कमायो ९९ लाख खुद नाफा, यस्ता छन् अन्य सूचक
ncell

काठमाडौँ । स्वस्तिक लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९४.०४ प्रतिशतले बढेको छ।

Royal Enfield
nic asia capital
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५१ लाख ४० हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५१.०७ प्रतिशतले बढेर ४ करोड ६ लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी पनि ३३.३६ प्रतिशतले बढेर ४ करोड ९२ लाख पुगेको छ। कम्पनीको संचालन नाफा १७७.१८ प्रतिशतले बढेर १ करोड ४२ लाख पुगेको छ ।

कम्पनीको वितरणयोय मुनाफा १ करोड २ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम २९.६० रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता २९.६० प्रतिशत रहेको देखाउछ ।

कम्पनीको चुक्ता पुंजी ३ करोड ४६ लाख ५० हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४.८३ रुपैयाँबाट बढेर २८.७८ रुपैयाँ पुगेको छ। कम्पनीको खराब कर्जा ६.६८ प्रतिशत रहेको छ।

कम्पनीले छिट्टै सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड पनि गरिसकेको छ। अब कम्पनीले आम सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गर्ने छ।

 

यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?