काठमाडौँ । चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत वर्षको यस अवधिको तुलनामा भने २३ प्रतिशतले कमी हो । गत वर्षको यस अवधिमा लघुवित्तले ५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
२० करोड ५८ करोड रहेको उक्त आम्दानी अहिले घटेर ११ करोड ६३ लाख कायम भएको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको मान्न सकिन्छ । यता, यसले इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । संस्थाले ३ करोड ५६ लाख रुपैयाँ उक्त चार्ज रिभर्स गरेको छ । गत वर्षको चैतसम्म यसको इम्पेयरमेन्ट चार्ज ३ करोड २६ लाख रुपैयाँ बराबरको थियो ।
महिला लघुवित्तको चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा १७ करोड ८५ लाख जम्मा छ । यसको वितरणयोग्य नाफा ३ करोड ६४ लाख रहेको छ । यस लघुवित्तको प्रतिसेयर आम्दानी ७.४९ रुपैयाँले घटेर २४.६८ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २०१.८६ रुपैयाँ कायम भएको छ ।


































