काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक पदधारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुरूप सम्पत्ति विवरण विवरण सार्वजनिक गरेका छन् । जस अनुसार गभर्नर विश्वनाथ पौडेलले १४ करोडभन्दा बढी रकमको शेयर रहेको खुलाएका छन् ।
साथै, सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जीलगायत कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँ शेयर रहेको पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा देखिएको छ ।
त्यस्तै, सम्पत्ति विवरण अनुसार शेयरका साथै उनीसँग २० लाखभन्दा बढी नगद रहेको पनि खुलाएका छन् ।
त्यसैगरी, आफूसँग ४५ तोला सुन र नवलपरासी, ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका छन्। पौडेलका अनुसार १ करोड ५५ लाख रुपैयाँको ललितपुरको जग्गाको मूल्य रहेको छ भने नवलपरासीको जग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको छ । त्यसैगरी, श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ पर्ने सुजुकी कार रहेको विवरणमा उल्लेख गरेका छन् ।


































