National life

गभर्नर हत्ताउन बिचौलियाको दबाब,अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म निरिह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
814Shares
गभर्नर हत्ताउन बिचौलियाको दबाब,अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म निरिह
ncell

काठमाडौं । नेपाल राष्ट्र  बैंकमा केही साताभित्रै नयाँ गभर्नर नियुक्त हुने छन्। वर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि सकिन लागेसँगै नयाँ गभर्नर को बन्छ भन्ने धेरैको चासो र जिज्ञासाको विषय बनेको छ ।

हालका गभर्नर आफ्नो कार्यकाल समापन हुनु भन्दा १८ दिन अगाडि बिदा बस्ने भएका छन् । यसर्थ उनी चैत्र २२ गते अनिवार्य अवकाशमा जाने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसर्थ बिचमा हुने बिदालाई समेत जोडेर हेर्दा उनको कार्यकाल बढीमा एक हप्ता मात्रै बाकी देखिन्छ ।

गभर्नर अधिकारीको कार्यकाल सकिने लागेसँगै नयाँ गभर्नर बन्ने रेसमा बहालवाला कर्मचारीदेखि बैंकरसम्म र पूर्वबैंकर देखि राजनीतिज्ञ समेत रहेका छन् । यता, सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समितिसमेत गठन भएको छ । गत महिना फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

राष्ट्र बैंकको १८औँ गभर्नरको नेतृत्व सम्हाल्नको लागी दर्जन बढी आकांक्षीहरुको रेस चलिरहेको समयमा गभर्नर नियुक्ति बिचौलियाले गर्न लागेको भन्दै सडकदेखि सदनसम्म नै विरोध हुँदै आएको छ ।

केही दिन अघि मात्रै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक प्रवक्ता मनिस झाले संसदमा बोल्दै सरकार बिचौलियाहरुको चंगुलमा फसेको बताएका थिए । झाले अहिलेको सरकारले राजनीतिक नियुक्ति बिचौलियाबाट पैसा लिएर गर्ने गरेको आरोप लगाएका थिए। झाले संसदमा भनेका थिए –‘धितोपत्र बोर्डमा थाहा पाइहाल्यौं कुन बिचौलिया घरानाबाट नाम आयो भनेर भर्खरै बीमा प्राधिकरणको नियुक्ति पनि हेरिहाल्यौं । म चुनौती दिएर भन्न चाहान्छु । अब गभर्नरको पनि नियुक्ति फ्री कम्पिटिसनबाट आउनेवाला छैन । यदि क्वालिफकेशन यो योग्यता इन्टरनेश्नल एक्सपोजर भनेर हुँदैन । कुन बिचौलियाले कति पैसा दिन्छ । कस्को नाम पठाउँछ भनेर कुरेर बस्नु भएको छ ।’

त्यस्तै प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाई सरकारको ड्राइभिङ सिटमा बिचौलिया बसेको आरोप लगाएका थिए । संसदलाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए –‘म चुनौतीका साथ भन्न चाहान्छु, पछिल्ला आठ महिनामा एउटै नियुक्ती र एउटै नीति मलाई भनिदिनुस्, जसका पछाडि बिचौलिया छैनन् । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ । सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छन्। बिचौलियाले आज इमान्दार व्यवसायीलाई विचलित बनाएको छ । भोली तपाईँहरू नै विचलित हुनु हुनेछ ।’

https://aarthikvoice.com/archives/36252

यता व्यवसायीले राजनीतिक दल गुहार्ने क्रम भित्रैभित्रै सलबलाएको छ। राजनीतिक शक्तिको दुरुपयोग गर्दै आकर्षक पदमा जाने प्रचलन पुरानै रहेका कारण पनि शक्ति केन्द्र धाउनेको लहर चलिरहँदा केही फ्री कम्पिटिसनबाट कुनै पनि नियुक्ति नहुने भन्दै केही सांसदले चुनौती नै दिँदै आएका छन् । साथै गभर्नर पद बिक्रीमा राखेको आरोप समेत लगाउँदै आएका छन् ।

यही सन्दर्भ सेलाउन नपाउँदै यता, नेपालको राष्ट्रिय राजनीतिमा व्यवसायीक प्रभाव छोड्ने व्यक्तिको रूपमा चिनिएका व्यापारी दीपक भट्टले आफ्नो भाइ सुशील भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने दौडमा अगाडि सरेको चर्चा चुलिएको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार हुँदा दीपकले उनै सुशिललाई लगानी बोर्डको सिईओ बनाएका थिए। उक्त निर्णय सच्याउन तत्कालीन नेकपाकै आधा दर्जन नेताले नेतृत्वसमक्ष दबाब नै सिर्जना गरेका थिए। तर, दीपक भट्टसामु कमजोर देखिएका तत्कालीन प्रधानमन्त्री ओलीले निर्णय सच्याउनुको साटो मौन बसेरै आलटाल गरिदिए ।

दीपक भट्टले अहिले पनि भाईलाई गभर्नर बनाउनुपर्ने दबाब बालुवाटार र बुढानीलकण्ठसम्म निरन्तर दिइरहेको स्रोतको भनाई छ । दीपक भट्ट नेपालका मुख्य राजनीतिक दल कांग्रेस र एमालेको नेतृत्वसँग निकट मानिन्छन् ।

https://aarthikvoice.com/archives/57893

नयाँ गभर्नर को बन्ने भन्ने दौड चलिरहेको समयमा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग पनि निकट सम्बन्ध भएकै कारण दीपकले आफ्ना भाई सुशिललाई गभर्नर बनाउन दबाब दिएको सूचना बाहिरिएको छ । हालका गभर्नर अधिकारीलाई समेत प्रधानमन्त्री ओलीले नै गभर्नर बनाएका कारण अहिले ओलीले आफ्नै दलसँग निकट व्यक्तिलाई नै गभर्नर बनाउन चाहेकाले सुशिललाई गभर्नर बनाउन आएको दबाबको विरुद्धमा प्रधानमन्त्री देखि अर्थमन्त्री पौडेलसम्म चुपचाप रहेको स्रोतको दाबी छ।

केन्द्रीय बैंकको भूमिका विगतमा भन्दा फरक र विस्तार हुँदै गरेको वित्त विश्लेषकहरूको भनाइ छ । डिजिटल बैंकिङ्देखि लिएर डिजिटल करेन्सी अनि औपचारिक बैंकिङ् क्षेत्रभन्दा बाहिर विस्तार भइरहेको क्रिप्टोकरेन्सीजस्ता विषयले केन्द्रीय बैंकलाई चुनौती थपिरहेको छ।

केन्द्रीय बैंक कुनै पनि मुलुकको सर्वोच्च बैंक भएको कारण मुलुकको मौद्रिक तथा आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दछ। मुलुकको मुद्रा तथा मौद्रिक नीति तर्जुमा गर्ने, विदेशी विनिमय नीति तर्जुमा गर्ने, अन्य बैक तथा वित्तीय संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने सम्पूर्ण अधिकार केन्द्रीय बैंकमा निहित हुन्छ ।

यो समाचार शेयर गर्नुहोस्
814SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?