काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा अहिले दैनिक कामकाज गर्न र बाहिर निस्कन निकै असहज भइरहेको छ। यस्तो अत्यधिक गर्मीमा शरीरलाई डिहाइड्रेसनबाट बचाउन र ऊर्जावान् राख्न ताजा झोलिलो पदार्थको निरन्तर आवश्यकता पर्छ। यही मौसमी आवश्यकता र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकर (BLACK+DECKER) ले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू बजारमा ल्याएको छ।
गर्मी छल्न बजारका कृत्रिम र अत्यधिक चिनीयुक्त पेय पदार्थ पिउनुभन्दा आफ्नै भान्सामा तयार पारिएको ताजा जुस सधैं स्वास्थ्यवर्द्धक हुन्छ।
तपाईंको समय र स्वास्थ्यका लागि उपयोगी विशेषताहरू:
नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल र एलजी ब्रान्ड शप शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत यी उपकरणहरू सुलभ तरिकाले उपलब्ध गराएको छ।
ब्ल्याक+डेकरका यी उत्पादनहरूमा २४ महिना (२ वर्ष) को विस्तृत वारेन्टी रहेको छ। सिजी इलेक्ट्रोनिक्सको देशव्यापी सर्भिस नेटवर्कले बिक्री पछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दछ। बढ्दो गर्मीमा प्रशस्त पानी र ताजा जुस पिउनुका साथै आवश्यक स्वास्थ्य सतर्कता अपनाउन सिजी इलेक्ट्रोनिक्स सम्पूर्ण उपभोक्तालाई अनुरोध गर्दछ।


































