National life

गार्डियन माइक्रो लाइफको आजबाट सर्वसाधारण लागि आइपीओ खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
645Shares
गार्डियन माइक्रो लाइफको आजबाट सर्वसाधारण लागि आइपीओ खुला
ncell

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको आज आइतबार पुस २१ गते कार्यालय समयबाट सर्वसाधारण लागि आइपीओ खुला भएको छ। कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो ।

यसले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ साउन २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?