National life

गार्डियन माइक्रो लाइफको नाफा १ करोड बढी प्रतिशेयर आम्दानीसँगै अन्य सूचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
496Shares
गार्डियन माइक्रो लाइफको नाफा १ करोड बढी प्रतिशेयर आम्दानीसँगै अन्य सूचकमा प्रगति
ncell

काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले १ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासमा १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ३ लाख रुपैयाँ मात्रै थियो। त्यसैगरी चालू आवमा कम्पनीको कुल आम्दानी र खुद बीमाशुल्क आर्जनमा समेत प्रगति देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवमा २ करोड ९६ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा चालू आवमा बढेर १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

त्यस्तै गत आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५३ लाख रुपैयाँ मात्रै रहेकोमा चालू आवमा बढेर ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीको जीवन बीमाकोष ३८ लाख रुपैयाँ मात्रै रहेकोमा चालू आवमा बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

यो अवधिमा कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले रिटेन्ड अर्निङमा ७७ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ लाख रुपैयाँ सञ्चित गरेको छ। नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत वृद्धि भएको छ। चालू आवमा ईपीएस बढेर ४ रुपैयाँ ४१ पैसा पुगेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२ पैसा मात्रै  कायम थियो ।

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?