National life

गार्डियन माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
626Shares
गार्डियन माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
ncell

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले आईपीओ निष्कासन कार्यका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो । जसमा १४ हजार भन्दा बढी पोलिसीहोल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् । कम्पनीले केन्द्रिय कार्यालयसहित शाखा उप–शाखा तथा एक्सटेन्सन काउण्टर गरी देशभर २६ कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?